aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

नेपाल बङ्गलादेश बैंकको बाह्रविसे शाखाद्धारा बाढी तथा पहिरो पीडितलाई राहत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
नेपाल बङ्गलादेश बैंकको बाह्रविसे शाखाद्धारा बाढी तथा पहिरो पीडितलाई राहत

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा बाढी–पहिरोको कारणले प्रभावित स्थानियवासीहरुलाई नेपाल बङ्गलादेश बैकले आर्थिक सहायता उपलब्ध गराएको छ । 

बाढी तथा पहिरोको कारण विस्थापित परिवारहरुलाई बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत राहत वितरणका निम्ती बाह्रविसे नगरपालिका मार्फत आर्थिक सहयोग स्वरुप रु.एक लाख मात्रको चेक हस्तान्तरण गरेको हो । 

उक्त बाढी तथा पहिरोको कारण हुन गएको क्षती प्रति नेपाल बङ्गलादेश बैंक बाह्रविसे शाखा तथा बैंक परिवारले गहिरो दुःख ब्यक्त गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस