aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

टिकटक बनाउनेलाई राष्ट्र बैंकले कारबाही गर्ने (पत्रसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ साउन २०७७
टिकटक बनाउनेलाई राष्ट्र बैंकले कारबाही गर्ने (पत्रसहित)

काठमाण्डौ । अनुशासनहीनता बढेको भन्दै नेपाल राष्ट्र बैंकले टिकटक बनाउने बिरुद्ध कडाइ गरेको छ ।
सामाजिक सञ्जाल टिकटकमा कार्यालयका कर्मचारीहरु कार्यालयसमयमै मनोरञ्जन गर्न थाले पछि उक्त प्रकारको कार्यप्रति राष्ट्र बैंकको ध्यानाकार्षण भएको हो ।

राष्ट्र बैंकमा कार्यरत कर्मचारीले कार्यालयमै टिकटक बनाउने, बैंकका नीति तथा कार्यक्रममाथि सामाजिक सञ्जालमा अनावश्यक र नकारात्मक टिप्पणी गर्ने र आफूखुसी वेबनारमा भाग लिने क्रम बढेको भन्दै राष्ट्र बैंकले ध्यानाकर्षण पत्र नै जारी गरेको छ ।

अब वेबीनारमा भाग लिने र प्रस्तुतीकरण दिने, लाञ्छनायुक्त भाषा प्रयोग गरेर सामाजिक सञ्जालमा लेख्ने, टिकटक बनाउने जस्ता क्रियाकलाप गरेमा राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ अनुसार विभागीय कारबाही हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

वेबीनारमा भाग लिनु परेमा, प्रस्तुतीकरण दिनु परेमा, विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जानकारी दिनु परेमा अनुमति लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस