
काठमाडौं। नेपाल बैङ्कको प्रदेश नम्बर ४ काश्कि जिल्ला पोखरा महानगरपालिका २७ लेखनाथ स्थित तालचोकमा स्थापित शाखाको छ । उक्त शाखाक पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसि र नेपाल बैक लिमिटेडका का.मु.प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर अधिकारीले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि जिसिले बैकहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने आवश्यकतामा जोड दिंदै नेपालको सबैभन्दा पुरानो बैक कारोवार तथा सेवाको आधारमा समेत अव्वल बैक बन्ने विहर गरे । नेपाल बैक लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत अधिकारीले विगत ८ दशक यता नेपालमा बैकिंग सेवा पुरयाउंदै आएको बैकलाई वर्तमान पुस्ताको आवश्यकता वमोजिमका सबै आधुनिक सेवा सुविधा सहित प्रतिष्पर्धी ढंगले अघि बढाउने प्रतिवध्दता प्रकट गरे ।
उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी,पोखरा चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनार,समाजसेवी वावुराम गिरी बैक शाखा प्रवन्धक मनिता शर्मा लगायतका उपस्थिति रहेको थियो । बैकका का.मु. सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज वराल , प्रदेश ४ को बैकको प्रादेशिक कार्यालय प्रमुख धिरज राई , स्थानीय निकायका जनप्रतिनिधि ,उद्यमी व्यवसायी लगायत सर्वसाधारणको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस