aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीले ब्याजमा २० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ साउन २०७७
सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीले ब्याजमा २० प्रतिशत छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीहरुले ब्याजमा २० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकले कोभिड–१९ महामारीबाट उक्त डेभलपमेन्ट बैंकका सेवाग्राही (ऋणी)हरूलाई परेको असरको मूल्यांकन गर्दै यस डेभलपमेन्ट बैंकले आफ्ना सेवाग्राही (ऋणी) महानुभावहरुका लागि श्रावण महिनाको ब्याज रकममा २०% छुटको  आकर्षक योजना ल्याएको जानाएको छ । 

बैंकका सेवाग्राही (ऋणी) महानुभावहरूले २०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको  सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गर्दा श्रावण महिनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरुप छुट हुने छ । 

बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले ऋणीहरुलाई हालको एस्तो विषम परिस्थितिमा केही सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
उक्त बैंकको मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत सेवा दिइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस