
काठमाडौं । सनराइज बैंकका स्वतन्त्र सञ्चालक ओमकृष्ण जोशीले आज प्रेसरमा राजिनामा दिएका छन् । आज बसेको सनराइज बैंक सञ्चालक समिति समक्ष उनले राजीनामा दिएका हुन् । तर, उनले दिएको राजीनामा स्वीकृत भने आज बिहीबार नभएको एक सञ्चालकले आर्थिकन्युजलाई जानकारी दिए । उनका अनुसार जोशीको राजीनामा आगामी सनराइज बैंक बोर्डले निर्णय गर्ने छ ।
जोशीले राजीनामा दिएपनि सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतका जनकराज शर्मा पौडेलका विषयमा भने बैंक बोर्डले कुनै निर्णय नगरेको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस