aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
डिजिटलाइजेशन

''कर्जाका लागि बैंक पुग्नै नपर्ने प्रविधि बनाउँदै छौं ''

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
''कर्जाका लागि बैंक पुग्नै नपर्ने प्रविधि बनाउँदै छौं ''


काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ सफ्टवेयर कार्यान्वयमा ल्याउने भएको छ । बैंकले कर्जा स्वीकृत गराउनका लागि समेत ऋणी बैंकमा जानु नपर्ने गरी ‘लोन म्यानेजमेन्ट सिष्टम’ नामक सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको हो । केही दिनमै उक्त सफ्टवेयर तयार हुने खनियाले बताए । 

बैंकलाई डिजिटलाइजेश गरााउने क्रममा लोन स्वीकृत गर्न नयाँ सफ्टवेयर सञ्चालन गर्न लागेको बैंकमा प्रमुख बिजनेश अफिसर अर्जुनराज खनियाले जानकारी दिए । ‘हामीले लोनेबल सिष्टम बनाउन लागेका छौं,’ उनले भने ‘सिष्टम तयार भएपछि एनआईसी एशिया बैंकले लोन सहजै अनलाइनमार्फत नै स्वीकृत हुनेछ ।’ 

बैंकले सिष्टम बनिसकेपछि छुट्टै फोटफोलियो तयार गरेर लोन प्रवाह गर्नको लागि आवश्यक डकुमेन्ट अपलोट र ऋणीको विवरणहरू इन्ट्री गर्ने प्लेटफर्म तयार पार्ने छ । ऋणीले कर्जा लिनको लागि आवश्यक पर्ने डकुमेन्ट तयार पारी फारम फिलअप गरेपछि ऋण स्वीकृत हुने बैंकका सहायक मुख्य कार्यकारी अधिकारी सन्तोषकुमार राठीले बताए ।

कर्जा लिनको लागि आवश्यक डकुमेन्ट फूलफिल नभएका लोनीले भरेको फारम र डकुमेन्ट सिष्टमले लिन मान्दैन । ‘हामीले डिजिटल प्रणालीमार्फत आम ग्राहकलाई सेवा दिने पूर्वाधारहरू तयार पारिरहेका छौं,’ उनले भने ‘डिजिटलमा जाँदा मनिटर बढी हुन्छ र जति मनिटर बढी भयो उत्तिक बैंकिङ सिष्टम बलियो हुन्छ ।’

९० प्रतिशत कारोबार अनलाइनबाट गर्ने बैंकको तयारी

हाल एनआईसी बैंकबाट दैनिक एक लाख २५ हजार कारोबार हुने गरेको छ । सो कारोबारमध्ये ७३ प्रतिशत डिजिटल प्रविधिका माध्यमबाट हुने गरेको छ । चालु आर्थिक वर्षभित्र बैंकले ९० प्रतिशत कारोबार डिजिटल माध्यमबाट गर्ने तयारी गरेको छ । 

अहिले सोसाइटी फाष्ट र फष्ट मूभ बन्दैन, बैंकसम्म गएर समय खर्च गर्न सबै ग्राहकलाई असहज भएका कारण बैंकिङ सिष्टमलाई नै डिजिटलाइजेशन गर्न लागिएको सहायक मुख्य कार्यकारी अधिकारी सन्तोष कुमार राठीले बताए । यसमा अहिले खर्च भएपनि पछि बैंकलाई यसले राम्रो गर्छ । ‘डिजिटलाइजेशनले सबै कुरालाई पारदर्शी बनाउँदै लैजान्छ,’ उनले भने । बैंकले यसलाई लगानी मानेको छ । 

साथै, बैंकले डिजिटल प्रविधिमार्फत अनलाइन खाता खोलेर आम ग्राहकलाई विशेष सुविधा समेत दिएको छ । कोभिडका बेला शुरु गरिएको उक्त प्रणालीबाट हाल प्रत्येक महिना ३०÷३५ हजार ग्राहकले खाता खुल्ने गरेको प्रमुख बिजनेश अफिसर खनियाले बताए ।  

प्रतिक्रिया दिनुहोस