
काठमाडाैं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ ।
लघुवित्तले २०७६ पुस २९ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर खातामा पठाएको हो । लघुवित्तले २०७६ पुस १८ गतेसम्ममा शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा सो शेयर जम्मा गरेको हो ।
सोपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको लघुवित्तले जनाएको छ ।
हालसम्म पनि भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई हितग्राही खाताको विवरण बुझाउन लघुवित्तले अनुरोध गरेको छ ।
लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस