aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सनराइज बैंक र हङ्गकङ्ग स्थित एटी सर्भिसबीच अनलाइन विप्रेषण पठाउने सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ साउन २०७७
सनराइज बैंक र हङ्गकङ्ग स्थित एटी सर्भिसबीच अनलाइन विप्रेषण पठाउने सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र हङ्गकङ्ग स्थित एटी सर्भिस मार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटी सर्भिस  मार्फत पैसा पठाउदा तुलनात्मक अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको बैंकले जनाएको छ । 

एटी सर्भिसमार्पmत हङ्गकङ्ग बाट नेपालमा पठाएको पैसा केही मिनेटमै सन्राइज बैंक लि. का देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ । 

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सन्राइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिने बैंकले विश्वास लिएको छ । 

प्रतिक्रिया दिनुहोस