aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

आरएमडीसी लघुवित्तको नाफा २८ करोड माथी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ साउन २०७७
आरएमडीसी लघुवित्तको नाफा २८ करोड माथी

काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म रू. २८ करोड ५१ लाख ४९ हजार खुद नाफा गरेको छ । कम्पनीले साउन १८ गते साउन १८ गते गत आवको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

उक्त विवरण अनुसार अघिल्लो वर्ष सोहि अवधिमा कम्पनीले रू. ३२ करोड ९२ लाख १४ हजार खुद नाफा गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफामा कमि आएको हो । 

गत आवमा सञ्चालन नाफामा कमि आएसँगै कम्पनीको नाफामा समेत कमि आएको हो । अघिल्लो वर्ष रू. ४८ करोड २५ लाख २६ हजार सञ्चालन नाफा गरेको यो कम्पनीले गत वर्ष रू. ४५ करोड ५१ लाख १७ हजार मात्र सञ्चालन नाफा गरेको हो ।

देशमा जारी लकडाउनका कारण गत वर्षको चौंथो त्रैमासमा खुद व्याज आम्दानी पनि कम भएको छ । अघिल्लो वर्ष रू. ४८ करोड ५९ लाख ४७ हजार खुद व्याज आम्दानी भएकोमा गत वर्ष रू. ४६ करोड २ लाख ७४ हजार मात्र भएको छ ।

कम्पनीको निष्क्रिय कर्जा अनुपात भने शून्य रहेको छ । गत चौंथो त्रैमासमा कम्पनीले रू. ४ लाख ८६ हजार खराब कर्जा उठाएको छ । यो वर्ष सम्भावित जोखिम शिर्षमा कुनै पनि रकम छुट्याएको छैन् । 

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. ७ अर्ब ६ करोड ६९ लाख ३४ हजार कर्जा सापट लिएको यो कम्पनीले रू. ८ अर्ब ६ करोड ८३ लmाख ४० हजार कर्जा प्रवाह गरेको छ । हाल रू. ८९ करोड ९३ लाख २३ हजार चुक्तापूँजी रहेको यस कम्पनीको जगेडा कोषमा रू. १  अर्ब ६९ करोड ९९ लाख ६१ हजार रहेको छ । 

गत आवको चौंथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ७१ र प्रतिशेयर नेटवर्थ रू. २८९ दशमलव शून्य ३ रहेको छ । यस अवधिसम्म कम्पनीले १४ दशमलव ८९ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस