aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

आठ वर्षको वित्तीय विवरण एकै पटक पारित गर्दै नेपाल फाइनान्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ साउन २०७७
आठ वर्षको वित्तीय विवरण एकै पटक पारित गर्दै नेपाल फाइनान्स

काठमाडौं । नेपाल फाइनान्सले विगत आठ वर्षको वित्तीय विवरण एकै पटक पारित गर्ने भएको छ । 

कम्पनीले भदौ ११ गते बसौं, एक्काइसौं, बाइसौं, तेइसौं, चौबिसौं, पच्चिसौं, छब्बिसौं तथा सत्ताइसौं साधारण सभा बोलाएको हो । सभा एल्लो प्यागोडा होटल, कान्तिपथ, काठमाडौंमा विहान ११ बजे बोलाईएको हो । 

सभाले आर्थिक वर्ष ०६८/६९ देखि आर्थिक वर्ष ०७५/७६ सम्मको वासलत, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगाएतको विस्तृत विवरण छलफल गरि पारित गर्नेछ ।

साथै , विगत आठ वर्षको लेखापरिक्षकको पारिश्रमिक अनुमोदन, आर्थिक वर्ष ९७६/ठठ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगाएतका विषय पनि सभाका लागि तय भएका छन् । त्यस्तै पूँजी बृद्धिका लागि कम्पनीले १७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । 

अन्य कुनै वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ती गर्ने विषय अघि बढाउनका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १ बराबर १ दशमलव २५ को अनुपातमा रू. १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो । कम्पनीले उक्त हकप्रद शेयर विक्री गर्न गत फागुन २९ गतेनै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

लाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ ले कम्पनीको आधारहरु कमजोर रहेको संकेत गर्दछ । हाल यस कम्पनीको चुक्तापूँजी रू. २२ करोड ७ लाख ३१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले १२५ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस