
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म रू. ८८ लाख १९ हजार खुद नाफा गरेको छ ।
यो नाफा अघिल्लो वर्षको सोहि अवधिमा रू. ४९ लाख ८ हजार रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कमनपीको नाफामा बृद्धि भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान लागेको यस कम्पनीले साउन १८ गते चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । यी दुई कम्पनीविच गत पुस २ गते मर्जरमा जाने सम्झौता भएको थियो ।
अघिल्लो वर्ष चौंथो त्रैमासमा रू. ४० लाख ८९ हजार सञ्चालन घाटामा रहेको यस कम्पनीले गत वर्ष उक्त घाटा सुधारेर रू. ८५ लाख ५७ हजार सञ्चालन नाफा गर्न सफल भएको हो । अघिल्लो वर्ष रू. ३ करोड ९ लाख २१ हजार खुद व्याज आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ७ करोड ९६ लाख ५५ हजार खुद व्याज आम्दानी गरेको छ । कम्पनीले गत चौंथो त्रैमाससम्म रू. ५४ लाख ४२ हजार खराब कर्जा उठाएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड छ भने जगेडा कोषमा रू. ६ करोड ७ लाख ८७ हजार छ । गत वर्ष कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. १७ करोड ५७ लाख ५८ हजार सापटी लिएको छ ।
रू. ४६ करोड ६ लाख ५६ हजार निक्षेप संकलन गरेको यस कम्पनीले रू. ७९ करोड १६ लाख २१ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत चौंथो त्रैमाससम्म २ दशमलव २२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस