aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सहुलियतपूर्ण कर्जाका लागि कामना सेवा विकास बैंक र अल पसल पब्लिकबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ साउन २०७७
सहुलियतपूर्ण कर्जाका लागि कामना सेवा विकास बैंक र अल पसल पब्लिकबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र अल पसल पब्लिक लिमिटेडबीच आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यकासाथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आय आर्जन वृद्धिका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसलको तर्फबाट अध्यक्ष झविन्द्र पन्थीले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौता अन्तर्गत बैंकले नेपाल राष्ट्र बैकद्वारा तोकिएको मापदण्डको अधीनमा रहि अल पसल पब्लिकमा आबद्ध व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरी उनीहरुको आर्थिक तथा समाजिक विकासमा टेवा पु¥याउने प्रमुख लक्ष्य रहेको  प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस