aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

प्रभु बैंकको ऋणपत्र बिक्री खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
प्रभु बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं । आजदेखि प्रभु बैंकले ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।

२० लाख युनिट (इकाई) ऋणपत्र मध्ये ८ लाख युनिट सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ भने सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । बाँकी १२ लाख इकाई भने बैंकहरुले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । 
 
 न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले ८ वर्ष अवधिको ‘१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी केएर नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । 

प्रतिक्रिया दिनुहोस