aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

साधना लघुवित्तको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
साधना लघुवित्तको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्नपीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज,नामसारी, रोक्का राख्ने लगाएतका काम कारवाहीका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । 

यस कम्पनीले गत असार २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरि साउन २९ गते बाँडफाँट गरेको छ । उक्त आईपीओ धितोपत्र दोस्रो बजारमा भने हालसम्म सूचीकृत भएको छैन् ।

देशमा कोरोना संक्रमणका कारण भएको असहज परिस्थितिले सूचीकरणमा ढिलाई भएको कम्पनीको भनाई छ । यद्यपी आज भोलिभित्रै सूचीकरण भैसक्ने जानकारी भने कम्पनीले गराएको छ ।

यस कम्पनीमा संस्थापकतर्फ रू. १४ करोड ७० लाख र सर्वसाधारण तर्फ रू. ७ करोड ७ लाख ८० हजार शेयर पूँजी रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस