aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सगरमाथा इन्स्योरेन्सको साधारण सभा भदौमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
सगरमाथा इन्स्योरेन्सको साधारण सभा भदौमा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले भदौ १३ गते २३ औं वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभ बोलाइएको हो । 

सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७६/७७ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

यस कम्पनीले मर्जर तथा प्राप्तीको विषय पनि सभामा छलफलका लागि तय गरेको छ । यदि कम्पनी अन्य कुनै बीमा कम्पनीसँग मर्जर तथा प्रात्ती प्रकृयामा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २८ देखि भदौ १३ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा साउन २७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस