aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

राष्ट्र बैंकले रोक्यो शाइन रेसुंगाको हकप्रद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
राष्ट्र बैंकले रोक्यो शाइन रेसुंगाको हकप्रद

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको हकप्रद नेपाल राष्ट्र बैंकले रोकेको छ ।

शाइनको साधारण सभाले २५% हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि राष्ट्र बैंकलाई पत्र पठाएको थियो । तर, राष्ट्र बैंकले भने शाइनको हकप्रद निष्कासन गर्ने प्रक्रिया अस्विकृत गरेको छ । पुँजी वृद्धि गर्ने भन्दै बैंकले ४ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको थियो ।

यता, शाइन रेसुंगा डेभलपमेन्ट बैंक सम्बद्ध स्रोतका अनुसार पछिल्लो समय राष्ट्र बैंकले पुँजी पुगेका बैंक तथा वित्तीय संस्थाहरुलाई हकप्रद निष्कासन गर्न रोक लगाएको छ । सोही कारण शाइनले अघि बढाएको हकप्रद प्रकृयामा राष्ट्र बैंकले रोक लगाएको हुन सक्ने जनाएकाे छ ।

उक्त बैंकको चुक्ता पुँजी ३ अर्ब १ करोड भन्दा धेरै छ । राष्ट्र बैंकको प्रावधान अनुसार केन्द्रीय स्तरको विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड भए पुग्छ ।

प्रतिक्रिया दिनुहोस