aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

वाणिज्य बैंकहरूको सीसीडी रेसियो ७२ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ साउन २०७७
वाणिज्य बैंकहरूको सीसीडी रेसियो ७२ प्रतिशत


काठमाडौं । कोभिडका कारण कर्जाको डिमाण्ड कम भएपछि वाणिज्य बैंकहरूको सीसीडी रेसियो तल ओर्लिएको छ । कोरोना अघि लगानी योग्य पुँजी अभाव खेपिरहेका बैंकहरूमा कर्जा परिचालन हुन नसकेपछि सीसीडी रेसियोे औसतमा ७२.०५ प्रतिशतमा ओर्लिएको नेपाल बैकर्स संघले जानकारी दिएको छ । गत आवको अन्त्यसम्म वाणिज्य बैंकहरूले ३४ खर्ब ८७ अर्ब ४९करोड निक्षेप गरेर २८ खर्ब ६६ अर्ब कर्जा लगानी भएको छ ।  
लकडाउन अघिसम्म बैंकहरूसँग लगानी योग्य थोरैमात्र थियो र ठूला परियोजनामा बैंकहरू लगानी गर्न सक्ने अवस्थामा थिएनन् । अहिले कोभिडका कारण बैंकिङ प्रणालीमा दुई खर्बभन्दा बढी पुँजी थुप्रिएको छ । गत आर्थिक वर्षसम्म बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँ निक्षेप संकलन गरेर ८० रुपैयाँ कर्जा प्रवाह गर्न पाउने व्यवस्था थियो । 

अहिले राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीतिमार्फत एक सय रुपैयाँ निक्षेप संकलन गरेर ८५ रुपैयाँसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस