
काठमाडौं । कर्मचारी सञ्चय कोषले आफूले प्रदान गर्ने गरेको सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अन्लाईन माध्यमबाट कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणाली मार्फत गर्ने व्यवस्थाको थालनी गरेको छ ।
यसरी गरिएको कर्जा भुक्तानीको संकलन सोझै हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसि एसिया बैंकमा रहेको कोषको तोकिएको खातामा हुनेछ ।
यस डिजिटल माध्यमबाट कर्जा भुक्तानीको व्यवस्थासँगै सञ्चय कोषका विभिन्न कर्जाहरुको भुक्तानी अन्लाईन माध्यम मार्फत कनेक्ट आइपीएस ई–पेमेन्टबाट सोझै यस प्रणालीमा आबद्ध ५५ वटा बैंक वित्तिय संस्थाहरुका खाताबाट गर्न सकिने छ भने अब देखी ग्राहकले कर्जा भुक्तानीका निम्ती कोषको कार्यालय वा बैंक काउन्टर सम्म पुग्नुपर्ने बाध्यता पनि रहने छैन ।
यसका निम्ति ऋृणील कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिन्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् ।
ऋृणीले धधध।अयललभअतष्उक।अयm मा गई कर्मचारी सञ्चय कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।
ऋणीले भुक्तानी गर्नुपर्ने कर्जा छनोट गरी मोबाईल नम्बर तथा ऋणीको नाम लगायताका मागिएका आवश्यक विवरण भरी भुक्तानी गर्ने रकम दाखिला गरी सोझै बैंक खाताबाट भुक्तानी गर्न सक्दछन् भने कोषको हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसि एसिया बैंकमा रहेका तोकिएको खातामा सो रकम सोझै जम्मा हुने जनाएको छ ।
यस सँगै कोषको आफ्नो प्रणालीमा पनि भुक्तानी सफल भएको जानकारी प्राप्त गर्न सकिनेछ । कर्मचारी सञ्चय कोष तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच गत वर्ष श्रावणमा नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबारहरु गर्ने सम्झौता भएको थियो ।
सो सम्झौता अनुरुप गत वर्ष श्रावण देखी नै कोषले प्रदान गर्ने धितो कर्जा लगयातका भुक्तानी सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्दै आएको छ जसमा असार मसान्त २०७७ सम्म ल्एक्ष् मार्फत ने.रु. ५.३६ अर्ब बराबरको ३२ हजार भन्दा बढी भुक्तानीहरु भैसकेका छन् ।
यससँगै अन्लाईनबाट कर्जा भुक्तानीको सुरुवात कोषको डिजिटाइजेसन तर्फको अर्को कोषेढुङ्गाको रुपमा लिइएको छ भने यसका साथै कोषले विभिन्न संस्थाहरुबाट कोषमा हुने कर्मचारीहरुको योगदानमा आधारित मासिक भुक्तानी लगायतका संकलन पनि निकट भविष्यमा अन्लाईन मार्फत गर्ने योजना रहेको जनाएको छ ।
एनसीएचएलले ल्ऋज्ी(भ्ऋऋ, ल्ऋज्ी(क्ष्एक्, अयललभअतक्ष्एक् भ(एबथmभलत, अयललभअतच्त्न्क् र ल्एक्ष् प्रणालीहरु सञ्चालन गर्नुका साथै आफ्ना भुक्तानी प्रणालीहरुमा विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी÷ पिएसओ , सरकारी तथा अर्ध–सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।
विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमार्फत हाल उपलब्ध कनेक्ट आइपीएस ई–पेमेन्ट र एनसीएचएल–आइपीएसको सञ्जालमा क्रमश ५५ र ६४ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् ।
कर्मचारी सञ्चय कोष ऐन अन्तर्गत स्थापित कर्मचारी सञ्चय कोष नेपालको सबैभन्दा ठूलो कोष हो । यसमा ५.५ लाख सञ्चयकर्ता र ३० हजार संस्थाहरु आबद्ध छन् ।
कोषले पछिल्लो समयमा आफ्ना सेवाहरु विभिन्न डिजिटल माध्यमबाट प्रदान गर्ने योजनालाई कार्यान्वयन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस