
काठमाडौं । नेपाल बैंकले पाँच वर्ष अबधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । बैंकले आधार दरमा एक प्रतिशत प्रिमियम जोडेर घर कर्जा उपलब्ध गराउन लागेको हो ।
असारमसान्तसम्ममा बैंकको आधार दर ६.९९ प्रतिशत रहेकाले पहिलाको जस्तै एक प्रतिशत प्रिमियम जोडेर घर कर्जा दिन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताए । नेपाल बैंकले गरेको घर कर्जाको ब्याजदर हालसम्म कर्जाको ब्याजदर प्रकाशन गरेका बैंकहरूको भन्दा सस्तो हो ।
यसको अतिरिक्त बैंकले नयाँ लघुउद्यम कर्जा, मार्जिन ल्याण्डिङ कर्जा योजना पनि ल्याएको छ । लघु उद्यमसँग सम्बद्ध व्यवसाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत निर्धारण गरेको सीईओ अधिकारीले बताए । सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बैंकिङ क्षेत्रकै न्यून ब्याजदर हो । बैंकले २५ लाखदेखि ९९ लाखसम्मको लागी लघुउद्यम कर्जा योजना ल्याएको हो ।
त्यस्तै नेपाल बैंकले ९.९९ प्रतिशतमा मार्जिन ल्याण्डिङ कर्जा योजना ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस