aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

नबिल बैंकको नायब महाप्रवन्धकमा मनोज ज्ञवाली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
नबिल बैंकको नायब महाप्रवन्धकमा मनोज ज्ञवाली

काठमाडौं । मनोज कुमार ज्ञवाली नबिल बैंक लिमिटेडको नायब महाप्रबन्धकमा नियुक्त भएका छन् ।  ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट तीन महिना अगाडी राजिनामा दिएर बसेका ज्ञवालीले नबिल बैंकमा चिफ फाइनान्स अफिसरको कार्यभार बुधबारबाट सम्हाल्न लागेका हुन् । 

ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक,,ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंक सहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २ दशक काम गरेको अनुभव रहेको छ । उनी चाटर्ड एकाउन्टेन पनि हुन् 
 

प्रतिक्रिया दिनुहोस