
कोभिड संक्रमण कस्तो असर रहन्छ वा कसरी पर्छ , अहिले नै आँकलन गर्न सक्ने अवस्था छैन । कोभिडका कारण स्टेक होल्डरहरूले पाउने लाभांश घटेर जान्छ । अहिले लाभांश बाड्न सक्ने अवस्था छैन । कोभिडको असर यो १ वर्षमात्रै भइदिए हुन्थ्यो भन्ने सबैको चाहना हो । अहिलेको अवस्था भनेको कमाउने भन्दा पनि जोगाउने÷बचाउने हो ।
अहिले बैंकहरूको मुख्य रणनीति भनेको कष्ट घटाउने नै हो । त्यो भनेको ब्याजको कष्ट र अपरेशन कष्ट दुबै हो । ग्राहकहरू बचाउका लागि ब्याजदर घटाइ दिनै पर्छ । व्यवसाय पुनः सञ्चालन गर्न आवश्यकता परेकाहरूलाई १० देखि २० प्रतिशतसम्म एक्ट्रा फन्ट दिइनै रहेका छौं र अबका दिनमा पनि दिनेछौं ।
यदि कोभिडको असर लम्बियो भने सरकारबाट यस्ता ऋणीलाई बचाउन केही न केही प्याकेज ल्याउन आवश्यक छ । करमा छुट दिएर हुन्छ कि अनुदान दिएर हुन्छ सरकारले कुनै सहुलियत प्याकेज दिन जरुरी हुन्छ ।
यदि कोभिडको असर लम्बियो भने सरकारबाट यस्ता ऋणीलाई बचाउन केही न केही प्याकेज ल्याउन आवश्यक छ । करमा छुट दिएर हुन्छ कि अनुदान दिएर हुन्छ सरकारले कुनै सहुलियत प्याकेज दिन जरुरी हुन्छ ।
अहिले डिजिटल बैंकिङ कारोबार बढेको चाहिँ कोभिड–१९ कै कारण हो । अझैपनि भौतिक रुपमा मानिसहरू उपस्थित भएर कारोबार गर्न चाहिरहेका छैनन् । सवारी साधन प्रयोग गर्नेदेखि पैसाको लेनदेनजस्ता कार्य कम भएर गइरहेको अवस्था छ । यसैले डिजिटल बैंकिङ कारोबार बढाएको हो । अबका दिनमा पनि यसरी नै डिजिटल कारोबारलाई जोड दिँदै अगाडी बढ्नु पर्छ भन्ने हो ।
लकडाउनको समयमा डिजिटल बैंकिङ प्रयोगकर्ता बढेका छन् । यो ट्रेनलाई बचाउन हामीले यसलाई आवश्यक पर्ने पूर्वाधारहरू तय गर्नुपर्ने हुन्छ र हामी गर्छौ पनि । अबको समय भनेको डिजिटल बैकिङ नै हो ।
यसले कष्ट र समय दुबैलाई बचाउँछ । खर्च र समयमात्र होइन, स्वास्थ्यको पक्षबाट हेर्दा पनि सुरक्षित देखिने भएकोले हामीले डिजिटल बैकिङका पूर्वाधारहरू तयार पार्नुपर्ने हुन्छ । अबको बैकिङ कारोबार डिजिटलका मार्फत हुनुपर्छ ।
यसका लागि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको पनि ठूलो साथ आवश्यक पर्छ । त्यस्तै राष्ट्र बैंकले पनि नेशनल स्वीचजस्ता प्रणालीहरूको विकास गरिदिनुपर्छ । यो प्रविधि राष्ट्र बैंकले गर्नको लागि व्यवस्थापन मिलाउन पनि लागेको छ ।
बैंकहरू आफैले पनि आईटीका पूर्वाधारहरू अपग्रेड गर्नुपर्ने हुन्छ । वित्तीय उपकरण, मेशिन, सफ्टवेयरमा लगानी बढाउनु पर्ने हुन्छ । म्यानपावर भएन भने मेशिन काम लागेन मेशिन भएन भने सफ्टवेयर काम लाग्दैन । सफ्टवेयर भएन भने सबैको पहुँच पुग्ने भएन । यी सबैलाई समय मै मिलाउन सक्यौ भने यसबाट राम्रो रिजल्ट आउन सक्छ ।
विश्वभरि नै विभिन्न नयाँ नयाँ टेक्नोलोजीहरू आइरहेका छन् । छोटो समयमा नै टेक्नोलोजी परिवर्तन पनि भइरहेको छ । टेक्नोलोजीको लाइफ कम छ । आज अति नै उपयुक्त भएको टेक्नोलोजी केही समय पछि नै काम नलाग्ने हुन सक्छ ।
त्यसैले टेक्नोजोलीमा यहि गर्छौ र यतिमात्र गरौं भन्न सक्ने अवस्था रह्दैन । यसमा असीमित सम्भावनाहरू छन् । जे विकास हुन्छ त्यति अनुसार जाने हो । समय अनुसार टेक्नोलोजीले जता दौडाउँछ हामी पनि उतै पछि पछि लाग्नु पर्छ ।
त्यसैले टेक्नोजोलीमा यहि गर्छौ र यतिमात्र गरौं भन्न सक्ने अवस्था रह्दैन । यसमा असीमित सम्भावनाहरू छन् । जे विकास हुन्छ त्यति अनुसार जाने हो । समय अनुसार टेक्नोलोजीले जता दौडाउँछ हामी पनि उतै पछि पछि लाग्नु पर्छ ।
नेपाल राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहित गर्ने भनेको छ । मर्ज भएको अवस्थामा शाखाहरू अल्टिमेट्ल्ली घटेर जान्छ । नजिकको शाखा बन्द गर्ने स्वीकृत दिएमा खर्च घट्छ । विस्तारै विस्तारै स्टाफहरूको संख्या पनि घटाउँदै जानुपर्छ भन्ने हो । डिजिटल प्रणालीमा गएपछि कर्मचारी पनि घट्छ । भविष्यमा बैंकहरूले स्टाफहरू सहजै घटाउन पाउनु पर्छ भन्ने हो ।
तीन/चारवटा बैंक मर्ज हुन थाले भने अन्तमा अरु बैंकहरूलाई पनि प्रेसर पर्न थाल्छ । प्रतिस्पर्धीमा रह्नको लागि पनि त्यो आवश्यक छ । राष्ट्र बैंकले त प्राथमिकतामा राख्छ नै अरु बैकले पनि मर्जरलाई प्रायोरिटीमा राख्छन् । मर्जरले बैंकलाई बलियो बनाउँछ ।
हामी मानसिक रुपमा मर्जका लागि तयार भएर बसेका छौं । अब छलफल पनि अगाडी बढ्ला । हामीले अरुलाई ल्याउँछौ या हामी जान्छौं भन्ने विषय भने अवस्थाले भर पार्ने कुरा हो । प्रतिस्पर्धी हुन या लगानीकर्तालाई राम्रो रिर्टन दिनको लागि पनि मर्जमा जानु उपयुक्त हुन्छ भन्ने मेरो धारणा हो ।
बैंक भनेको सिष्टममा चल्ने संस्था हो । संस्था चल्नु पर्छ । व्यक्ति र संस्थाको तुलना हुँदैन । सीईओहरू सधै रोजगार हुुनुपर्छ भन्ने पनि छैन । मर्ज हुँदा संस्थालाई फाइदा हुन्छ । त्यसैले मर्जमा जानु पर्छ ।
प्रतिक्रिया दिनुहोस