
काठमाडौं । सनराईज बैंकको विराटनगर शाखा कार्यालयमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटिएकी छिन्। विराटनगर ८ सहयोगी टोलकी स्थानीय ३० वर्षीया सनाज खतिवडा बुधबार कार्यालय हाताभित्र मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कार्यालयमा राखिएको मुसा मार्ने औषधि खाएर हात काटेको अवस्थामा शौचालयमा फेला परेकी थिइन्। उनको नोवेल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।
मृतक खतिवडाको शव पोस्टमार्टमका लागि कोसी शस्पतालमा लगिएको र घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस