
कामना सेवा विकास बैंक लि.ले सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., सिद्घार्थनगर सिटी हस्पिटल प्रा.लि. र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि.सँग समेत औषधी तथा उपचारमा विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि. को तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. को तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्घार्थनगर सिटी हस्पिटल प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि को तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस