
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौंथो त्रैमासमा रू. २ करोड ८८ लाख १७ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्म रू. १ करोड ५६ लाख १३ हजार खुद नाफा गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्षको चौंथो त्रैमासमा कम्पनीको खुद नाफा ८४ दशमलव ५७ प्रतिशत बढी खुद नाफा गरेको हो ।
कम्पनीले शतप्रतिशत नाफा बढाउने लक्ष्य लिएको थियो । कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षभन्दा ७० प्रतिशत बढेको छ । अघिल्लो वर्ष कम्पनीले रू. २ करोड २८ लाख ६३ हजार सञ्चालन नाफा गरेकोमा गत वर्ष रू. ३ करोड ८९ लाख १७ हजार गरेको छ ।
खुद व्याज आम्दानी पनि अघिल्लो वर्षभन्दा ७० प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ४ करोड ४१ लाख ७८ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ७ करोड ५२ लाख ६८ हजार गरेको छ ।
शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर दिएको यस कम्पनीको चुक्तापूँजी रू. ९ करोड ३७ लाख ४८ हजार पुगेको छ । गत आवको चौंथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ३ करोड ६७ लाख ७६ हजार रहेको छ । अघिल्लो वर्ष सोहि अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ करोड ५८ लाख २७ हजार रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको जगेडा कोष रकम १३२ प्रतिशत बढी कायम भएको हो ।
गत वर्ष चौंथो त्रैमाससम्म रू. २१ करोड ४३ लाख ८९ हजार निक्षेप संकलन गरेको यस कम्पनीले रू. १ अर्ब २ करोड ३ लाख ३९ हजार कर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. ७१ करोड २० लाख ५ हजार कर्जा सापटी लिएको छ ।
अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको निक्षेप संकलन २८ दशमलव ६० प्रतिशत र कर्जा प्रवाह १२ दशमलव ८८ प्रतिशत बढी भएको हो । त्यस्तै कम्पनीले अघिल्लो वर्षभन्दा ३ दशमलव ८० प्रतिशत बढी कर्जा सापटी लिएको हो ।
अघिल्लो वर्ष शून्य दशमलव ४९ रहेको कम्पनीको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ७६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष रू. १५ लाख १२ हजार खराब कर्जा उठाएको यस कम्पनीले गत वर्ष रू. ६८ लाख २३ हजार यो कर्जा उठाएको छ । वार्षिक रू. ३० दशमलव ७४ प्रतिशेयर आम्दानी रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव २३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस