aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

साधना लघुवित्तको आईपीओ कारोबार हुन थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ साउन २०७७
साधना लघुवित्तको आईपीओ कारोबार हुन थाल्यो

काठमाडौं । साधना लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बिहीवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुन थालेको छ । 

कम्पनीले बुधवार धितोपत्र दोस्रो बजारमा २१ लाख ७७ हजार ८०० कित्ता आईपीओ सूचीकृत गराएको हो । 

बिहीवार प्रि–ओपनिङ सेसनमा १० कित्ता शेयर कारोबार भएपछि साधनाको निरन्तर कारोबार सुरु भएको हो । प्रि– ओपनिङ सेसनमा प्रतिकित्ता रू. ३९० मा १० कित्ता शेयर कारोबार भएको हो ।

नेप्सेले साधनाको आईपीओको पहिलो कारोबारका लागि रू. १३० दशमलव १२ देखि ३९० दशमलव ३६ को मूल्य रेञ्ज प्रदान गरेको थियो । तोकिएको मूल्य रेञ्जमै खुलेको साधनाको शेयरमूल्य ११ बजेर ३० मिनेटसम्म उच्च मूल्य रू. ३९७ सम्म पुगेको छ । 

यस अवधिसम्म १ लाख ४१ हजार ४३७ कित्ता शेयर खरिद माग रहेको छ । खरिद कर्ताहरुले रू. ४०० देखि ४०४ सम्म साधनाको आईपीओ खरिदको माग गरेका छन् । यस अवधिसम्म विक्री कर्ताभने देखिएका छैनन् । 
 

प्रतिक्रिया दिनुहोस