aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

एनसीसी बैंककोे सीइओमा फेरि अर्याल नै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ साउन २०७७
एनसीसी बैंककोे सीइओमा फेरि अर्याल नै

काठमाडौं । एनसीसी बैंकको प्रमुखकार्यकारी अधिकृत (सीइओ) मा रमेशराज अर्यालको कार्यकाल थप भएको छ । 

आगामी असोज १ गते उनको पहिलो कार्यकाल सकिंदै थियो । साउन १९ गते बसेको सञ्चालक समिति बैठकले अर्याललाई फेरि अर्काे ४ वर्षका लागि सीइओमा निरन्तरता दिने निर्णय गरेको हो । अर्याल २०७३ असोज १ गते एनसीसी बैंकको सीइओमा नियुक्त भएका थिए ।

उनी सोही बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् । 
 

प्रतिक्रिया दिनुहोस