aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कतारबाट १५१ जना नेपाली स्वदेश फर्किए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ साउन २०७७
कतारबाट १५१ जना नेपाली स्वदेश फर्किए

दोहा । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट १५१ जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको २३९२ उडानमा ४ बालबालिकासहित १८ महिला गरी १५१ जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव भुवनप्रसाद भट्टले जानकारी दिए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि नेपाली दूतावासका द्वितीय सचिव भुवन प्रसाद भट्ट लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

आज साँझ हिमालय एयरलाइन्सले कतारबाट अन्तिम उडान गर्दै छ गर्ने छ । कतारबाट ४ हजार ३८ जनासहित विभिन्न समयमा मृत्यु भएका ४४ जनाको शव नेपाल पठाईसकेको सचिव भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस