काठमाडौं । एनएमबि बैंक लिमिटेड र सिजी डिजीटलबीच सम्झौता भएको छ । बैंक र डिजीटलबीच शुन्य प्रतिशत किस्ताका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र सिजी डिजीटलका तर्फबाट प्रमुख–वित्त मुकेश खातोरले हस्ताक्षर गरेका हुन् ।
यस अन्तर्गत एनएमबिका ग्राहकहरुले सिजी डिजीटलको आधिकारीक वितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् । यसका अतिरिक्त एनएमबिका ग्राहकहरुले सिजीका विविध उत्पादनहरुमा डेबिट÷क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा १८∞ सम्म छुटको लाभ प्राप्त गर्न सक्नेछन् ।
एनएमबि बैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस