aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
क्रस होल्डिङ

फोर्सफूल्ली मर्जरको लागि राष्ट्र बैंक तात्यो, आन्तरिक छलफल तिव्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
फोर्सफूल्ली मर्जरको लागि राष्ट्र बैंक तात्यो, आन्तरिक छलफल तिव्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ (व्यक्ति वा समूहको स्वामित्व) भएका बैंक तथा वित्तीय संस्थालाई अनिवार्य मर्जरमा लैजान छलफल शूरु गरेको छ । नियामक निकाय राष्ट्र बैंकले मौद्रिक नीतिले लिएको नीतिगत व्यवस्थालाई कार्यान्वयनमा लैजान छलफल शुरु गरेको हो । बैंकले के कसरी बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजान सकिन्छ भनेर आन्तरिक छलफल शुरु गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । 

‘मौद्रिक नीतिले लिएको व्यवस्थाअनुसार हामीले क्रस होल्डिङ भएको बैंक तथा वित्तीय संस्थाको अध्ययन र आन्तरिक छलफल शुरु गरेका हौं । अब हामी यस्ता बैंक तथा वित्तीय संस्थालाई अनिवार्य मर्जरमा जान दवाव दिन्छौं र अन्यलाई पनि प्रोत्साहित गर्ने छौं,’उनले भने । 

देशको अर्थतन्त्रअनुसार वाणिज्य बैंकहरूको संख्या धेरै भएको निष्कर्स सहित राष्ट्र बैंकले ठूला बैंकको मर्जर प्रक्रियालाई अगाडी गम्भिरतापूर्वक बढाएको हो । मर्जरमा लैजान राष्ट्र बैंकले बैंकहरूको पुँजी संरचनाअनुसार पुनःविवरण माग गरेको छ । यसअघि गत भदौमा पनि राष्ट्र बैंकले यस्तो विवराण माग गरेको थियो । 

तर, त्यति बेला बैंकहरूले राष्ट्र बैंकले लिएको नीतिलाई हल्का रुपमा लिएका थिए । अब भने नामै तोकेर राष्ट्र बैंकले सो प्रक्रियामा जान सुझाउने भएको छ । अब राष्ट्र बैंकले यस्ता बैंकलाई फोसफूल्ली मर्जरमा जान दवाव दिनेछ । विशेषतः क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्था मर्जरमा जान आलटाल गरेमा राष्ट्र बैंकले बैंकहरूको नामै तोकेर मर्जर जान दवाव दिने तयारी गरेको हो । 

नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि मर्जर जान आवश्यक भएको बताइसकेका छन् । यसअघि आर्थिकन्युजसँगको सम्वादमा वाणिज्य बैंकहरूको संख्या घटाएर १२/१३ वटामा ल्याउन सकियो भने राम्रो हुने बताएका छन् । यद्यपि बैंक मर्जरबाट सिनर्जी इफेक्ट आउनुपर्छ मर्जरको व्यवस्थापन राम्रोसँग गर्नसकियो भने अवश्य पनि राम्रो हुन्छ,’ उनले भनेका थिए ‘सकिएन भने दुर्घटना पर्न सक्छ ।’ 

मर्जर पछि बैंकको स्ट्रेन्थ टू प्लस टू ट्वान्टी टू बन्नुपर्छ भन्ने हो । नभए पनि फाइभ त हुनै पर्छ । फोर भन्दा तल गयो भने चाहिँ दूर्भाग्य हुन्छ । मर्जर क्वालिटीको लागि हुुनुपर्यो र यसको लाभ अर्थतन्त्रले पाउनुपर्छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहित गर्ने भनेको छ र त्यो आवश्यक पनि भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए  । ‘यदि तीन र चारवटा बैंक मर्ज हुन थाले भने अन्तमा अरु बैंकहरूलाई पनि प्रेसर पर्न थाल्छ,’ उनले भने ‘बैंक प्रतिस्पर्धीमा रह्नको लागि पनि त्यो आवश्यक छ ।’ ‘राष्ट्र बैंकले त प्राथमिकतामा राख्छ नै अरु बैकले पनि मर्जरलाई प्रायोरिटीमा राख्छ । मर्जरले बैंकलाई बलियो बनाउने उनले बताए । 

‘हामी मानसिक रुपमा मर्जका लागि तयार भएर बसेका छौं । अब छलफल पनि अगाडी बढ्ला । प्रतिस्पर्धी हुन या लगानीकर्तालाई राम्रो रिर्टन दिनको लागि पनि मर्जमा जानु उपयुक्त हुन्छ,’ उनले भने ।  

राष्ट्र बैंकलाई बैंकहरूले दिएको विवरणअनुसार एनएमबि र एनआईसी एशिया, नेपाल बंगलादेश र एनसीसी, हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्दार्थ, लक्ष्मी, सिटिजन, सिभिललगायतका बैंकमा ठूलो क्रस होल्डिङ देखिएको छ ।

राष्ट्र बैंकका तत्कालिन गभर्नर डा. चिरञ्जीबि नेपालले २०७६ भदौ २५ गते नै १० दिनभित्र मर्जरका विषयमा बैंकहरूले गरेको तयारीको विवतरण माग गरेका थिए । भगर्नर डा.नेपालले  गत आवको मौद्रिक नीति अगावै बैक तथा वित्तीय संस्थाका सीईओ र अध्यक्षलाई बोलाएर मर्जरमा जानका लागि तयारी रहन भन्दै बैंकको लिष्ट नै माग गरेका थिए । 

त्यति बेला मर्जरका प्रतिवद्धता जनाएका बैंकहरूमा कृषि विकास, नेपाल, नविल, एभरेष्ट, एसबिआई, माछापुच्छ्रे, लक्ष्मी, प्राइम, एनएमबि, जनता, हिमालयन, एनआईसी एशिया,सानिमा, कुमारी, ग्लोबल आईएमई, सिटिजन्स, सनराइज, मेगा, सिभिल, सेञ्चुरी, बैंक अफ काठमाण्डू र एनबी बैंकले राष्ट्र बैंक समक्ष मर्जरको प्रगति विवरण पेश गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस