aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

एसबिआई बैंकका ग्राहकलाई काठमाडौं र नेपालगञ्जको सोल्टी होटलमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ साउन २०७७
एसबिआई बैंकका ग्राहकलाई काठमाडौं र नेपालगञ्जको सोल्टी होटलमा विशेष छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको साल्टी वेस्टेड प्रिमियरमा विशेष छुट पाउने भएका छन् । उनीहरुले बैंकको कार्ड प्रयोग गरे बापत १० प्रतिशतसम्म खाना र पेयर पदार्थमा छुट पाउने भएका हुन् ।

सो सम्बन्धी दुई नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज प्रालिबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर तथा सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेण्ट सुदर्शन चापागाईकाबीच हस्ताक्षर भएको हो ।


 

प्रतिक्रिया दिनुहोस