
काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा रू. १ करोड ३८ लाख १३ हजार खुद नाफा गरेको छ ।
कम्पनीले साउन २५ गते सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा गत वर्ष त्यस अवधिमा १५३ प्रतिशत नाफा बढेको हो । अघिल्लो वर्षको त्यस अवधिमा कम्पनीले रू. ५४ लाख ४९ हजार खुद नाफा गरेको थियो ।
अघिल्लो वर्षभन्दा गत वर्ष सञ्चालन मुनाफा १५६ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ८५ लाख ६४ हजार सञ्चालन मुनाफा गरेको यस कम्पनीले गत वर्ष रू. २ करोड १९ लाख २५ हजार यो मुनाफा गरेको हो ।
सञ्चालन मुनाफा सम्भावित जोखिम शिर्षकमा अघिल्लो वर्षभन्दा कम रकम छुट्याएका कारण बढेको हो । अघिल्लो वर्ष रू. १ करोड १२ लाख ९ हजार सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएको कम्पनीले गत वर्ष रू. २६ लाख ८२ हजार मात्र छुट्याएको छ ।
१० प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरि रू. ६ करोड ६० लाख पु¥याएको कम्पनीले जगेडा कोषमा रू. २ करोड ३२ लाख २४ हजार जम्मा गरेको छ । जगेडा कोष रकम अघिल्लो वर्षभन्दा १६० दशमलव ८३ प्रतिशत बढी कायम भएको हो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट अघिल्लो वर्षभन्दा करिब ४५ प्रतिशत बढी रू. ७३ करोड ८१ लाख ९८ हजार कर्जा सापटी लिएको यस कम्पनीले रू. ८७ करोड ५७ लाख ८३ हजार कर्जा प्रवाह गरेको छ । गत चौंथो त्रैमाससम्म कम्पनीले रू. १६ करोड ९८ लाख ३२ हजार निक्षेप संकलन गरेको छ ।
अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको निष्क्रिय कर्जा बढेको छ । अघिल्लो वर्ष यस अवधिमा १ दशमलव ३६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ७५ प्रतिशत कायम भएको हो ।
गत चौंथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव १९ रहेको छ । यस अवधिमा कम्पनीले १३ दशमलव ३२ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस