aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

‘वर्क फ्रम होम’ बाट कार्य गर्न राष्ट्र बैंकको वित्तीय संस्थालाई सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
‘वर्क फ्रम होम’ बाट कार्य गर्न राष्ट्र बैंकको वित्तीय संस्थालाई सूचना


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका कर्मचारीलाई आलो पालो गरी काममा लगाउन सूचना जारी गरेको छ । राष्ट्र बैंकले स्वस्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी कर्मचारीहरूलाई समुह विभाजन गरी आलोपालो प्रणलीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन गरी काममा लगाउन आज आइतबार सूचना जारी गरेको हो । 

कार्य सम्पादनको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ‘वर्क फ्रम होम’ समेत गराउन सक्ने राष्ट्र बैंकले जनाएको छ । बढ्दै गएको कोरोनाको जोखिमका कारण सरकारले विभिन्न जिल्लामा लकडाउन गरेको छ भने सवारी साधनमा जोर विजोर लागु गरेको छ । विषम र यो जोखिम परिस्थितिमा राष्ट्र बैंकले पनि सुरक्षाको मापदण्ड अपनाइ बैकिङ सेवालाई सुचारु राख्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरको छ । 

प्रदेशस्थित शाखा कार्यलयहरूमा प्रदेश सरकार तथा स्थानिय तहले गरेको निर्णय आधारमा न्युनतम कर्मचारीबाट सेवा प्रवाह गर्न राष्ट्र बैंकले भनेको छ । बन्द रहने शाखाका वारेमा भने भने बैंकहरूले दैनिक रुपमा राष्ट्र बैंंकलाई रिपोटिङ गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । यसका साथै राष्ट्र बैंकले विद्युतीय कारोबारलाई थप प्रोत्साहन गर्न समेत आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस