aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सनराइज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा गुल्मीको फुलबारीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
सनराइज बैंकको ४९ औं शाखारहित बैंकिङ्ग सेवा गुल्मीको फुलबारीमा

काठमाडौं । सनराइन बैंक लिमिटेडले ४९ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएको छ । बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मालिका गाउँपालिका–६ फुलबारी गुल्मीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवाको शुरु गरेको हो । 

शुक्रबार एक कार्यक्रमको आयोजना गरेर विशिष्ठ अतिथिका रुपमा मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र प्रमुख अतिथिका रुपमा मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरिले उद्धघाटन गरेका हुन् ।  

सोही कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडलको सभाअध्यक्षतामा विशिष्ठ अतिथि र प्रमुख अतिथिद्वारा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको थियो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ । 

हालसम्म सनराइज बैंकले १३४ वटा शाखा,४९ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दैजाने योजना रहेको जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस