
काठमाडौं । नयाँ नेपाल लघुवित्तको २० प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सोमवारदेखि कारोबार गर्न सकिने भएको छ ।
कम्पनीले साउन २५ गते आइतवार धितोपत्र दोस्रो बजारमा उक्त बोनस वापतको शेयर सूचीकृत गराएसँगै सोमवारदेखि कारोबार गर्न सकिने भएको हो ।
कम्पनीले बोनस वापतको १ लाख ६८ हजार कित्ता बोनस शेयर सूचीकृत गराएको हो । कम्पनीले गत पुस १९ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले २० प्रतिशत बोनस शेयर पारित गरेको थियो ।
बोनस शेयर थपिएसँगै धितोपत्र बजारमा यस कम्पनीको १० लाख ८ हजार कित्ता कारोबार योग्य भएको छ ।
प्रतिक्रिया दिनुहोस