aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सामुदायिक लघुवित्तको नाफा घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ साउन २०७७
सामुदायिक लघुवित्तको नाफा घट्यो

काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले  १ करोड ३२ लाख २७ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिमा  २ करोड ३० लाख ६० हजार रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ४२ दशमलव ६४ प्रतिशत घटी भएको हो । 

अघिल्लो वर्षको तुलनामा कम्पनीले सम्भावित जोखिम शिर्षकमा गत वर्ष बढी रकम छुट्याएकाले सञ्चालन नाफा कम हुन गई नाफामा असर परेको हो । अघिल्लो वर्ष सम्भावित जोखिम शिर्षकमा ४२ लाख १८ हजार रुपैयाँ छुट्याएको कम्पनीले गत वर्ष २ करोड ३ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । 

गत वर्ष कम्पनीको सञ्चालन नाफा १ करोड ९९ लाख ९४ हजार रुपैयाँ रहेको छ । यो नाफा अघिल्लो वर्ष ३ करोड ६८ लाख ४७ हजार रुपैयाँ रहेको थियो । चुक्तापूँजी  १० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम ८ करोड ८१ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । चुक्तापूँजी रकममा कुनै परिवर्तन देखिएको छैन् भने जगेडा कोष रकम १६ दशमलव ६१ प्रतिशत बढी कायम भएको हो ।

कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष कर्जा सापटी रकम २५ दशमलव ८१ प्रतिशत बढी ५६ करोड २० लाख ९८ हजार रुपैयाँ लिएको छ । गत वर्ष ४३ करोड ११ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले  १ अर्ब १० करोड ८६ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा १ दशमलव ४५ प्रतिशत अघिल्लो वर्ष रहेकोमा गत वर्ष यो कर्जा ३ दशमजव ५८ प्रतिशत कायम भएको छ । गत चौंथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी  १३ दशमलव २३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८८ दशमलव १९ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस