aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन के हुन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ साउन २०७७
आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन के हुन्छ ?

काठमाडौं । मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ । सोमबार बेलुका ५ बजेलाई बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठक नियमित भएपनि कोभिड–१९ सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ । 

बालुवाटार स्रोतका अनुसार यसअघिका निर्णय कार्यान्वयनका सवालमा केही संशोधन हुनसक्नेछ । यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटोे दुरीका सार्वजनिक यातायात खेल्ने निर्णय गरेको थियो । 

तर,पछिल्लो पटक कोरोेना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ । 

त्यस्तै भदौ १ बाटै विद्यालय भर्ना लगायतका कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्नसक्ने ती मन्त्रीले जानकारी दिए ।

सरकारले लकडाउन खुला गरेसँगै संक्रमण बढ्दै जान थालेकाले कतिपय विज्ञहरुले पुनः लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस