
काठमाडौं । दुई सय अर्बभन्दा बढी लगानी योग्य पुँजी थुपारेर बसेका वाणिज्य बैंकहरूले साउन लागेपछि कर्जा प्रवाह हुने आश गरेका थिए । तर, उनीहरूको त्यो आश निराशमा परिणत भएको छ । बिजनेश छैन, पैसा थुपारेर राखेर मात्रै के गर्ने भन्ने अप्ठ्यारोमा बैंक हरू यति बेला परेका छन् ।
यहि अवधिमा बैंकहरूको निक्षेप र कर्जा दुबै घटेको छ । यसको अर्थ साउन महिनामा निक्षेपकर्ताले आफ्नो निक्षेप बैंकबाट निकालेका छन् भने ऋणीले कर्जा असुल उपर गरेको र नयाँ कर्जा प्रवाह नभएको भन्ने हो ।
यद्यपि साउन महिनामा बैंकको ११ अर्ब रुपैयाँले निक्षेप घटेको छ भने कर्जा समेत ३२ अर्ब रुपैयाँले घटेको छ । असार अन्त्यसम्म वाणिज्य बैंकहरूले ३४ खर्ब ८७ अर्ब निक्षेप संकलन गरेकोमा असार २३ गतेसम्म आइपुग्दा निक्षेप संकलन समेत घटेर ३४ खर्ब ७६ अर्बमा सीमित भएको छ । त्यस्तै असार अन्त्यमा २९ खर्ब ३ अर्ब रहेको कर्जा प्रवाह यो अवधिमा घटेर २८ खर्ब ७१ अर्बमा सीमित भएको नेपाल बैकर्स संघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस