
आर्थिक वर्ष ०७६र०७७ को बजेट मार्फत सरकारले अघि सारेको ठुला बैंक तथा बित्तिय संस्था गाभ्ने (बिग मर्जर )को योजनाबारे मिश्रित प्रतिक्रिया पाइएको छ । बैंकर र लगानीकर्ताले यसलाई स्वागत गरेका छन् भने अर्थशास्त्रीहरु चाहिं यसले बिभिन्न खालका जोखिम निम्त्याउने बताईरहेक छन् ।
बजेट मन्तब्य मार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका थिए, 'बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने नीतिलाई निरन्तरता दिंदै ठूला बैंक तथा वित्तीय संस्थाहरू समेत एक आपसमा गाभ्न प्रोत्साहित गरिनेछ ।' यो घोषणा संगै बिग मर्जरले ठुलो चर्चा पाएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अर्थशास्त्री नरबहादुर थापाले मर्जर राष्ट्रिय एजेन्डाको बिषय हो होइन भन्नेबारे सरकार स्पष्ट हुनुपर्ने बताएका छन् । 'अहिले बैंकिंग प्रणालीमा देखिएको मूल समस्या भनेको ब्याजको दबाब र तरलता संकट हो ।' उनले भने ।
समस्याको कारण र त्यसको उचित समाधानको उपाय खोजि हुनुपर्नेमा जोड दिंदै थापाले भने 'समाधानको उपाय खोज्दा बिग मर्जरको कुरा ल्याइएको छ, समस्याको कारण र समधानको उपायबारे ठोस अध्ययन नगरी बिग मर्जर ल्याउँदा वित्तीय संकट निम्तिन सक्छ।'
पुर्व गभर्नर तथा अर्थविद दिपेन्द्र बहादुर क्षेत्रीले ३४ अर्बको एउटा बैंक बनाउनलाई अहिलेका ५ वटा ठुला बैंक मिल्नुपर्ने बताए । बैंकको संख्या घटाउंदा त्यसले बजारमा एकाधिकार हुने र सेवाग्राहीले प्रतिस्प्रधात्मक उचित सेवा नपाउने चिन्ता उन्म देखिन्थ्यो । ुअहिले २८ वटा बैंक हुँदा निक्षेपकर्ताले उचित ब्याज पाएका छैनन् बरु कर्जामा ब्याज बढेको बढ्यै छ, भोलि थोरै बैंक हुँदा के होला रुु उनको प्रश्न थियो ।
बैंकिंग क्षेत्रमा रहेको प्रतिष्पर्धा मात्र काम हुने होइन कि अन्य समस्याहरु समेत बिग मर्जरले ल्याउन सक्ने क्षेत्रीको ठम्याई रहेको छ । अहिले भएका बैंकहरुको संख्या घट्दा त्यसले वित्तीय संकट निम्तिन सक्ने समेत उनले बताए ।
चर्चित बैंकर तथा नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे चाहिं बिग मर्जरको पक्षमा देखिन्छन् । उनका अनुसार नेपालमा बैंको संख्या क्रममै सँग १४ गर्दै जम्मा १० वटा ठुला बैंक भए पुग्छ । हाम्रो लगभग तीन लाखको जनसंख्यालाई २८ वटा बैंक चाहिंदैन' उनी भन्छन् ।
यदि बैंकहरु थोरै भए तर ठुला भएभने त्यसले ब्याजदरलाई स्थिर गर्न नै मद्दत गर्ने उनको भनाइ छ । अहिले साना बैंकहरुले लगानी गर्न निक्षेप संकलनको लागि होडबाजी गरेका कारण ब्याजदर बढेको उनको विश्लेषण छ । बैंकको संख्या थोरै तर गुणस्तरीय सेवा दिनसक्ने खालका हुनुपर्नेमा उनको जोड देखिन्छ ।
नेपाली पुँजी बजारका हस्तीको रुपमा चिनिएका ठुला लगानीकर्ता निर्मल प्रधानको पनि बिग मर्जरले बित्तिय क्षेत्रमा सकारात्मक उभार ल्याउने हुनाले अर्थमन्त्रीलाई धन्यवाद दिनुपर्ने धारणा देखिन्छ । बैंकहरु ठूला र बलिया भएभने लगानीकर्ताहरुले पनि दुक्क भएर लगानी गर्न सक्ने स्थिति बन्नेमा उनको जोडछ ।
प्रधान भन्छन्, 'पुँजी बिस्तारको क्रममा एकातिर शेयरको मूल्य बढ्छ भने अर्कोतिर साना बैंकमा झुक्जुकको अवस्थामा रहेको लगानी पनि सुरक्षित हुन्छ । त्यसैले यो सहि र आवश्यक निर्णय हो ।'
प्रतिक्रिया दिनुहोस