aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

ग्रीन डेभलपमेन्टको नाफा २ करोडभन्दा बढी , जगेडा कोष साढे ८१ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ साउन २०७७
ग्रीन डेभलपमेन्टको नाफा २ करोडभन्दा बढी , जगेडा कोष साढे ८१ प्रतिशत बढ्यो

काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले रू. २ करोड १३ लाख ३ हजार खुद नाफा गरेको छ । साउन २७ गते वित्तीय विवरण सार्वजनिक गरेको कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष ८१ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष यस अवधिमा कम्पनीले रू. १ करोड १७ लाख ५ हजार खुद नाफा गरेको थियो ।

हाल रू. ५० करोड चुक्तापूँजी रहेको यस कम्पनीको सञ्चालन मुनाफा अघिल्लो वर्षभन्दा ८१ दशमलव ९९ प्रतिशतनै बढी भएको छ । अघिल्लो वर्ष चौंथो त्रैमाससम्म रू. १ करोड ६७ लाख २२ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष सोहि अवधिमा रू. ३ करोड ४ लाख ३३ हजार यो नाफा गरेको हो ।

अघिल्लो वर्षभन्दा कम्पनीको जगेडा कोष रकम ८१ दशमलव ५० प्रतिशत बढी रू. २ करोड ७६ लाख ५८ हजार कायम गरेको छ । २९ प्रतिशत बढी रू. १ अबए ३० करोड २८ लाख २५ हजार निक्षेप संकलन गरेको यस कम्पनीले १७ दशमलव ७६ प्रतिशत बढी रू. १ अर्ब १४ करोड ६६ लाख ३२ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको कुल सम्पत्ति रू. १ अर्ब ८८ करोड ६८ लाख २५ हजार रहेको छ भने कुल दायित्व रू. १ अर्ब ३४ करोड ४५ लाख १२ हजार रहेको छ । अघिल्लो वर्ष निष्क्रिय कर्जा ३ दशमलव ८१ रहेकामा गत वर्ष १ दशमलव ८५ प्रतिशतमा झरेको छ ।
 

प्रतिक्रिया दिनुहोस