
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारी माग गरेको छ ।
कम्पनीले वरिष्ठ सहायक असिस्टेन/रसुपरभाइजर पदको लागि एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
सूचनानुसार आइटि यूनिट क्षेत्रमा गतिशील र मेहेनती युवाहरुको खोजी गरेको जनाएको छ ।
काठमाण्डौँ पुतलिसडकको लागी खोलिएको उक्त पदको लागि न्युनतम शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना र प्रविधिमा न्यूनतम स्नातक डिग्री गरेको हुनु पर्ने छ ।
साथै उक्त पदको लागि पुमोरी सफ्टवेयर चलाउन सक्ने कम्तीमा १ वर्षको अनुभव भएको, एनआरबीएल लाइसेन्स प्राप्त बीएफआई भएकोलाई बिषेश ग्राह्याता दिने, एसक्युएल भाषासँग परिचित भएको हुनु पर्नेछ ।
यसैगरी, कार्ड सेन्टर, रेमिट्यान्स, मोबाइल बैंकिङ, आईपीएस, एसएमएस बैंकिङ इत्यादी आदि चलाउन सक्ने दक्षता भएको हुनपर्ने, नेपाली , अंग्रेजी दुवैमा उत्कृष्ट बोल्न सक्ने कला भएको १८ देखि ३५ वर्ष सम्मका उमेदवारहरुले आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस