
काठमाडौँ । कुमारी बैंकको बोनस शेयर प्राप्तगर्न कर तिर्नु पर्ने भएको छ ।
कुमारी बैंकले प्राप्ति गरेको साविक देवः विकास बैंक लि. को १३ औं बार्षिक साधारण सभाबाट पारित ८.५५५ बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लि. र सि.डि.एस. एण्डक्लियरिङ्ग लि.मा अभौतिक रुपमा कारोवार हुने व्यवस्था भईसकेको र बोनस शेयर बापतको शेयर प्राप्त गर्न कर लाग्ने रकम जम्मा गर्नु पर्ने भएकाे हाे ।
बैंकले एक सूचना जारी गर्दै उक्त बैंकले प्राप्ति गरेको साविक देवः विकास बैंक लि. को शेयरहरु मिति २०७६/०३/३० गते पश्चात खरीद गरेको शेयरधनीहरुलाई बैंकले प्रदान गरेको उक्त बोनस शेयरमा कर लाग्ने जनाएको छ ।
कर रकम जम्मा गर्न शेयरधनीहरुलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा सम्पर्क गरी खाता नं. १२९१५०२०००१०२० मा कर वापतको रकम जम्मा गरी आफ्नो हितग्राही खातामा बोनस शेयर प्राप्तगर्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस