aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

‘अब नियमित आम्दानी गर्ने हरेक नेपाली आफ्नै घरमा बस्न सक्छन् ’

  • बिजय फुयाँल
    बिजय फुयाँल
  • बुधबार, २८ साउन २०७७
‘अब नियमित आम्दानी गर्ने हरेक नेपाली आफ्नै घरमा बस्न सक्छन् ’

अध्ययन 
धादिङ जोगिमारा गाविसमा जन्मिएका कविराज अधिकारीले चितवनको टाँडीबाट आफ्नो विद्यालय स्तरको शिक्षा हासिल गरे । उच्च शिक्षा चितवनको विरेन्द्र कलेजबाट आईएससी पढे ।  चितवनबाट आइएसी  सकेपछि व्यवस्थापनमा स्नातक र स्नातकोत्तर शंकरदेव क्याम्पसबाट गरे भने भारतको मुम्बईबाट चार्टर्ड एकाउन्टेन्ड ९सीए० अध्ययन पुरा गरे । अधिकारीको जागिरे जीवन भने २०६२ साल माघ २ गते राष्ट्रिय वाणिज्य बैंकको ९ तहबाट शुरु भएको हो । 

जागिरे जीवन
भारतबाट सीए पास गरिसकेपछि बैंकमा सेवा गर्ने इच्छा स्वरुप उनले सरकारी बैंक राष्ट्रिय वाणिज्यबाट आफ्नो बैंकिंग क्षेत्रको यात्रा शुरु गरे । राष्ट्रिय वाणिज्य बैंकमा सुधार कार्यक्रम चलिरहेका बेलामा बैंकमा प्रवेश गरेकाले उनले बैंक प्रवेश गर्दा देखिनै चुनौतीको सामना गर्नुपर्यो  । पैसा कमाउने अन्य क्षेत्र धेरै हुँदा हुँदै पनि अधिकारीले राष्ट्रिय वाणिज्य बैंकलाई एक उचाइसम्म पुर्याउने अठोटका साथ धैर्य भएर काम गर्ने सोचका साथ सरकारी बैंकमा काम गरेका हुन् । हाल अधिकारी राष्ट्रिय वाणिज्य बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेर काम गरिरहेका छन् ।

बैंकिंग के हो ? 


बैंकिंग सेक्टर हाईली रेगुलेटेड र उच्च पारदर्शीता सेक्टर भएको उनको बुझाइ छ । बैंक अन्य क्षेत्रभन्दा बढी संवेदनशील क्षेत्र पनि हो । उनले भने, हरेक दिन हाम्रो नाफा कति भयो, निक्षेप कति छ, कर्जा कति छ, खराब कर्जा कति भयो जस्ता विषयमा हाम्रो ध्यान केन्द्रीत भइरहन्छ । 

बैंकहरूलाई राष्ट्र बैंकले सुपरभिजन गर्ने र जनताको पैसाको कस्र्टोडिएन भएकाले बैंकमा काम गर्ने सबै कर्मचारीले उच्च सतर्क रहेर इमान्दारीपूर्वक काम गर्नु पर्ने उनले बताए । बैंकका वित्तीय विवरण सार्वजनिक हुने र ती रिपोर्टहरू बैंकका वेव साइटमा नै प्रकाशित हुने भएकाले अझ पारदर्शी हुने उनको तर्क छ ।  उनले भने, ‘एक हिसाबले हेर्ने हो भने हामी जनताको निक्षेप लिएर बसेका छौ । सँग–सँगै यस क्षेत्रको आर्थिक प्रगतिसँग पनि बैंकको नाता जोडिएको छ । सर्वसाधारणको पैसाका हिसाव राखेर बसेका छौं ।’ 

बैंकिंग गतिविधिबाट देशमा समृद्धि ल्याउन सकिन्छ । जब मान्छेहरूले बैंकमा आफ्नो रकम जम्मा गरेर पुँजीको सुरक्षा गर्ने गर्छन भने सोही पुँजी बैंकबाट कर्जा लिएर आफ्नो व्यवसाय विस्तार गर्छन जस्ले गर्दा देशको आर्थिक वृद्धि गर्न मद्दत गर्छ, उनले भने । 

आर्थिक उन्नतिमा बैंक 

नेपाल सरकारले ज्ञान र सीप भएर पनि कम पुँजी भएका अर्थात पुँजी नै नभएकालाई प्राथमिकतामा राखेर उनीहरूको आर्थिक विकासमा बैंकलाई प्रत्यक्ष रुपमा सहभागी गराएर काम गर्नु भनेको छ । उनले भने,  पुँजी कम भएका, सीप, क्षमता, शिक्षा भएकाले उद्यमशिलता गर्न चाहान्छ भने यसरी सहुलियतपूर्ण कर्जाको लागि बैंकमा आवेदन गरेर केही गर्नु पर्छ भन्ने नेपाल सरकारको नीति हो । यसमा विभिन्न किसिमका ९ वटा स्किमहरू छन् । यो सरकारको आर्थिक बृद्धि तथा रोजगारी सिर्जना सँग पनि जोडिएको कार्यक्रम
पनि हो ।

सहुलियतपूर्ण कर्जामा बैंकले पनि आधार दरमा दुई प्रतिशत प्रिमियम थप गर्न सक्ने व्यवस्था रहेको छ । नेपाल सरकारले यस कर्जामा ५ प्रतिशत र महिलाको हकमा एक प्रतिशत थप गरी अर्थात ६ प्रतिशत अनुदान दिने गरेको छ ।  उक्त ऋणमा परियोजनाको बीमा गर्ने र कर्जा सुरक्षा गरेर मात्र ऋण दिने व्यवस्था रहेको उनले जानकारी दिए ।

सहुलियतपूर्ण कर्जामा बैंकले पनि आधार दरमा दुई प्रतिशत प्रिमियम थप गर्न सक्ने व्यवस्था रहेको छ । नेपाल सरकारले यस कर्जामा ५ प्रतिशत र महिलाको हकमा एक प्रतिशत थप गरी अर्थात ६ प्रतिशत अनुदान दिने गरेको छ ।  उक्त ऋणमा परियोजनाको बीमा गर्ने र कर्जा सुरक्षा गरेर मात्र ऋण दिने व्यवस्था रहेको उनले जानकारी दिए ।

जोसँग काम गर्ने जोश र आफैसँग सीप र शिक्षा छ उनीहरूको जीवन माथि उकास्ने काम बैंकले गर्ने उनले भने ।  यो सहुलियतपूर्ण कर्जा सहि तरिकाले प्रयोग भयो भने देशको अर्थतन्त्रलाई पनि योगदान पुग्ने उनको तर्क छ । 

देशको २७ वटा कमर्सियल बैंकमा ५० प्रतिशत सहुलियतपूर्ण कर्जा राष्ट्रिय वाणिज्य बैंकले मात्र प्रवाह गरेको छ । यद्यपि यो कम होला तर बाँकी ५० प्रतिशत कर्जा मात्र २६ वोटा कमर्सियल बैंकहरूले दिएको उनले बताए । तर, यसपालिको मौद्रिक नीति पश्चात सबै वाणिज्य बैंकका शाखाहरूबाट यस किसिमको कर्जा प्रवाह गर्नुपर्ने नीतिगत व्यवस्था आएको छ । साथै राष्ट्रिय वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सबै प्रकारको प्राथमिकता क्षेत्रमा एवम् विपन्न वर्गमा कर्जा प्रवाह गरिरहेको छ ।

तरलता व्यवस्थापन 

बजारको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको पहिलादेखि नै बेस रेट कम रहेको छ  । उनले भने, हाम्रो चल्ती खाता र बचत खातामा (कासा) झण्डै ८० प्रतिशत छ । जस्को कस्ट अफ फन्ड  कम छ । एउटा सवल बैंक हुनको निम्ति उसको चल्ती खाता र बचत खाताले नै मापन गर्छ ।  कासा जस्को धेरै हुन्छ उसको आधार दर पनि कम हुन्छ ।  अहिले मुद्दती र बचतमा दिने ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकको अन्य बैंक बराबर नै रहेको उनले बताए  ।

कति प्रडक्टमा त हामीहरूले निजी क्षेत्रका बैंकभन्दा बढी ब्याज दिएको उनले जानकारी दिए । तर, पनि हाम्रो बेस रेट कम छ, किन भने हाम्रो चल्ती खाताको मात्रा बढी छ । हामीले  प्रतिस्पर्धी भएर जान पनि जरुरी छ । साथै ५५ वर्षदेखि यो व्यवसायमा छौं त्यसैले बजारको उतार चढाव हामीलाई राम्रोसँग थाहा छ ।  

मार्केटमा राष्ट्रिय बाणिज्य बैंकको सवल पक्ष भनेकै कम दरमा कर्जा प्रवाह गर्नु हो । उनले भने, हामी मुनाफा उन्मुख पनि छैनौं किन भने जसले राम्रो व्यवसाय गर्छ । उसले लिएको कर्जाको ब्याज तिर्न सक्नु पर्यो त्यसको लागि राष्ट्रिय वाणिज्य बैंकलाई वित्तीय स्थितिले पनि पनि सहयोग गरेको छ । 

मार्केटमा राष्ट्रिय बाणिज्य बैंकको सवल पक्ष भनेकै कम दरमा कर्जा प्रवाह गर्नु हो । उनले भने, हामी मुनाफा उन्मुख पनि छैनौं किन भने जसले राम्रो व्यवसाय गर्छ । उसले लिएको कर्जाको ब्याज तिर्न सक्नु पर्यो त्यसको लागि राष्ट्रिय वाणिज्य बैंकलाई वित्तीय स्थितिले पनि पनि सहयोग गरेको छ । 

अहिले राष्ट्रिय वाणिज्य बैंकको सबै कर्जाको ब्याजदर ९.३२ प्रतिशत वा सो भन्दा कम एकल अंक भित्रमै रहेको छ । जुन बजारकै सबैभन्दा सस्तो ब्याजदर हो । महँगो ब्याजमा कर्जा लिइरहेका व्यवसायीदाई राष्ट्रिय वाणिज्य बैंकबाट अहिले कर्जा लिने अवसर रहेको छ ।  

बैंकको लगानी

राष्ट्रिय बाणिज्य बैंकको मुख्य फोकस के हो भन्ने कुरा बिर्सिनु नहुने उनको भनाइ छ । वाणिज्य बैंकका मुख्य ग्राहक भनेकै साना तथा मझौला व्यवसायी नै हुन उनले भने । त्यसको मतलव कर्पोरेट हाउस हाम्रा ग्राहक नभएको भने होइन । हाम्रो बैंकको भिजन भनेकै सबै लेवलका व्यक्ति, वर्गहरूलाई सहज बैंकिंगको पहुँच  दिनु हो । ठूला–ठूला कर्पोरेट हाउसहरूसँग हाम्रो कन्सोटिर्यम कर्जा मार्फत कारोबारहरू भईरहेको छ भने नयाँ समूहसँग पनि कुराकानी भइरहेको छ । 

हाम्रो सवल पक्ष भनेको सस्तो ब्याजदर हो भने ग्राहकलाई छिटो छरितो सेवा दिन हामी तत्पर छौें । अब नियमित आम्दानी गर्ने हरेक नेपालीले आफ्नै घरमा बस्न सक्छन्, डेरामा बसिरहनु पर्दैन । हामीले तपाईको आफ्नै घरकर्जा प्रोडक्ट ७.२५ प्रतिशत ब्याजदरमा ल्याएका छौं । जुन सहज र छिटो उपलब्ध गराउन मिल्ने गरी  ल्याएका छौ । हाम्रो ग्राहकलाई सस्तो र सहज तरिकाले मिल्ने गरेर कर्जा प्रवाह गर्दै सीसीडी रेसियो बढाउन प्रयास गर्दैछांै । 

सम्पत्ति व्यवस्थापन

राष्ट्रिय वाणिज्य बैंकको देशैभरीका बजार क्षेत्रहरूमा जग्गा र घरहरू सम्पत्तिका रुपमा रहेको छ । विभिन्न ठाउँहरूमा कार्यालय प्रयोजनका लागि अहिले थापाथाली, पोखरा, भैरवा, बसन्तपुर, बुटवलमा भवनहरू बनाइ रहेको अधिकरीले बताए ।   

कर्मचारी व्यवस्थापन 

अहिले बैंकका जनशक्तिहरू सबै खुल्ला प्रतिस्पर्धाबाट लोक सेवा नै लडेर आएको हन् ।   उनले भने, अधिकांश कर्मचारीहरू नयाँ हुनुहुन्छ ।  अहिले बैंकमा काम गर्ने कर्मचारीहरूको औसत उमेर  ३६ वर्ष रहेको छ । उहाँहरू सबै युवा र प्रविधिमैत्री हुनुहुन्छ । राष्ट्रिय बाणिज्य बैंकले प्रविधिमा पनि लगानी गरिरहेको छ । छिटो र भरपर्दो बैंकिंग सेवा दिनको लागि समय सापेक्ष तालिमहरू दिदैं आएका छ र हरेक कर्मचारीहरूले तालिम पाएका छन् । 

वाणिज्य बैंकमा अब पाका कर्मचारीहरू मात्र छन् भन्ने भ्रम मानिसहरूबाट हटाउन आवश्यक भइसकेको उनले बताए । अहिले राष्ट्रिय वाणिज्य बैंक युवाहरूको नेतृत्वमा गइसकेका छन् । उनले भने, हामीसँग युवाहरू धेरै हुनुहुन्छ ।  हामीले युवाहरूलाई नै फोकस गरेर धेरै कार्यक्रमहरू गरिरहेका छौं । युवाहरूलाई फोकस गर्नकै लागि हामीले मिस नेपाललाई ब्रान्ड एम्बासडर बनाएका छौं । हामी अग्रज कर्मचारीहरूलाई सम्मान गर्दै युवाहरूलाई अवसर दिने प्रयासमा छौ ।  

 डिजिटल बैंकिंग

विश्वव्यापी रुपमा कोरोनाको महामारीका कारण देशमा लकडाउन गरिएकाले सामाजिक दूरी कायम रहन पनि डिजिटल प्रविधिलाई प्राथमिकता दिइरहेको छ । डिजिटल बैंकिंगलाई बढवा दिने यो अवसर पनि हो  । नेपालमा पनि डिजिटल काराबारलाई अघि बढाउन पर्ने बाध्यता रहेको छ ।

यहि समयमा राष्ट्रिय वाणिज्य बैंकले पनि डिजिटल बैंकिंगलाई प्राथमिकता दिएर अघि बढेको नायब प्रमुख कार्यकारी अधिकृत अधिकारी बताउँछन् । उनले भनेको आधारमा आज पनि हाम्रो कारोबार संख्याको हिसाबले करिब ५० प्रतिशत कारोबार मोबाइल बैंकिंग, एटीएम, बिएलबी, अनलाइन बैंकिंग, कनेक्ट आपीएस जस्ता डिजिटल च्यानलबाट भइरहेको उनले जानकारी दिए । वाणिज्य बैंकले ५० प्रतिशतको डिजिटल प्रविधिको प्रयोगलाई बढाउने लक्ष्य राखेको उनले बताए ।

यस मध्ये डिजिटल बैंकिंगको त अरु कुनै विकल्प नै नभएको उनको तर्क छ ।  डिजिटल बैंकिंग  नभएको खण्डमा अब ग्राहक घटेर जाने सम्भावना रहेको उनले बताए । राष्ट्रिय वाणिज्य बैंकमा  मोबाइल बैंकिंग प्रयोगकर्ता करिब  १० लाख ग्राहकहरू रहेको उनले जानकारी गराए ।  डेविट कार्ड प्रयोगकर्ताहरू पनि लगभग ४ लाखको हाराहारीमा पुगेको उनले बताए । 

यस मध्ये डिजिटल बैंकिंगको त अरु कुनै विकल्प नै नभएको उनको तर्क छ ।  डिजिटल बैंकिंग  नभएको खण्डमा अब ग्राहक घटेर जाने सम्भावना रहेको उनले बताए । राष्ट्रिय वाणिज्य बैंकमा  मोबाइल बैंकिंग प्रयोगकर्ता करिब  १० लाख ग्राहकहरू रहेको उनले जानकारी गराए ।  डेविट कार्ड प्रयोगकर्ताहरू पनि लगभग ४ लाखको हाराहारीमा पुगेको उनले बताए । 

नेपाल टेलिकमसँगको सहकार्यमा डिजिटल बैंकिंग कै लागि भनेर भुक्तानी सेवा प्रदायक कम्पनी पनि खोलेका छौ ‘नेपाल डिजिटल पेमेन्ट कम्पनी’ जुन बजारमा चाँडै आउने उनले बताए  । 

वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व

सबै प्रणाली भएर पनि बैंकको शाखासम्म ग्राहक आएनन भने वा बैंकप्रति आम मानिसको विश्वास जगाउन सकिएन भने सबै प्रयास असफल हुन्छ । त्यसैले राष्ट्रिय वाणिज्य बैंकको भागमा परेको सबै स्थानीय तहमा शाखा सञ्चालन ल्याएको उनले बताए ।  हालसम्म बैंकमा खाता नभएका नागरिकका लागि बैंकले आफै १०० रुपैयाको बैंक खाता खोल्दिने प्रणाली वाणिज्य बैंकका सम्पूर्ण शाखाबाट संचालनमा आएको छ जसमा  ब्याज  पनि पाइने उनले जानकारी दिए ।

व्यवसायिक विस्तारका लागि बैंकका शाखा अहिले २४० वटा पुगेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ३० वटा शाखाहरू खोल्ने तयारीमा रहेको उनले बताए । शाखा रहित बैंकिङ, एटिएम र अनलाइन बैंकिंगको माध्यमबाट पनि वित्तीय पहुँचहरू पुर्याउँदै आएको उनले बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरताका लागि शाखाले आ–आफ्नो ठाउँबाट हरेक त्रैमासमा वित्तीय साक्षरताको कार्यक्रम संचालन गर्दै आएको उनले बताए ।   

प्रतिक्रिया दिनुहोस