aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

मेरो माइक्रोफाइनान्सको नाफा १६ करोडभन्दा माथी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
मेरो माइक्रोफाइनान्सको नाफा १६ करोडभन्दा माथी

काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफामा ३ प्रतिशतको बृद्धि देखिएको छ ।

अघिल्लो वर्ष सो अवधिमा रू. १५ करोड ६८ लाख ८ हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. १६ करोड २२ लाख ६८ हजार खुद नाफा गर्न सफल भएको हो । 

अघिल्लो वर्षको तुलनामा सञ्चालन नाफा घटेपनि खराब कर्जा संकलनका लागि कम्पनीको नाफामा भने न्यून प्रतिशतको बृद्धि देखिएको हो ।

अघिल्लो वर्ष रू. २४ करोड ८४ लाख ५३ हजार सञ्चालन मुनाफा रहेको कम्पनीको गत वर्ष यो मुनाफा रकम रू. १९ करोड १३ लाख २६ हजारमा खुम्चिएको छ । अघिल्लो वर्ष शून्य रहेको खराब कर्जा संकलन गत वर्ष भने रू. ६ करोड २८ लाख ७६ हजार संकलन भएको छ । 

चुक्तापूँजीमा अघिल्लो वर्षको भन्दा कुनै परिवर्तन देखिएको छैन् । हाल रू. ८५ करोड ५१ लाख ४० हजार चुक्तापूँजी रहेको कम्पनीको जगो कोष रकम भने ८४ दशमलव ८६ प्रतिशत बढी रू. ३५ करोड ३३ लाख ५४ हजार कायम भएको छ । 

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत चौंथो त्रैमाससम्म रू. ३ अर्ब ९४ करोड ५१ लाख ८५ हजार कर्जा सापटी लिएको कम्पनीले रू. ५ अर्ब ८४ करोड २८ लाख कर्जा प्रवाह गरेको छ ।

यस अवधिसम्म कम्पनीले रू. १ अर्ब ५८ करोड ६० लाख ४९ हजार निक्षेप संकलन गरेको छ । निक्षेप संकलन अघिल्लो वर्षभन्दा ३१ प्रतिशत बढी र कर्जा प्रवाह २५ प्रतिशत बढी भएको हो । कम्पनीले अघिल्लो वर्षभन्दा साढे ३२ गुणा बढी कर्जा सापटी लिएको हो । 

अघिल्लो वर्ष १ दशमलव २० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ६५ प्रतिशत पुगेको छ । यो अवधिसम्म प्रतिशेयर आम्दानी रू. १८ दशमलव ९८ र प्रतिशेयर नेटवर्थ रू. १४१ दशमलव ३२ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस