
काठमाडौं । भक्तपुरको हितैषी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्यहरूले २ हजार ५ सय ५ जना सेयर सदस्यको नौ करोड रुपैयाँ ठगी गरेको छ । २०६४ सालमा स्थापना भएको उक्त सहकारीका अध्यक्ष सन्तोष न्यौपाने लगायत सहकारी सञ्चालकहरूले सदस्यहरूको निक्षेप रकम हिनामिना गरेर नतिरेका हुन् ।
सूर्य विनायक ४ नयाँ ठिमीमा रहेको उक्त सहकारीका अध्यक्ष न्यौपाने, उपाध्यक्ष करुणा ढुंगेल,सचिव दिपक सिलवाल र कोषाध्यक्ष राजन न्यौपाने अहिले प्रहरी हिरासतमा छन् भने सहकारीका एक उपाध्यक्ष र म्यानेजर विजय वस्नेत र उद्धव शर्मा(राधेराधे) फरार रहेको सहकारीका एक शेयर सदस्यदले जानकारी दिए ।
सहकारी सञ्चालकले आम सेयरधनीको निक्षेप हिनाविना गरेर नतिरी फरार भएपछि हामी अत्यन्त तनावमा छौं,’ एक शेयर सदस्यदले भने ‘काका भतिज भएर सहकारी त डुबाए, डुबाए आम सदस्यको बिचल्ली गराए ।’ विपन्न गरिब, बूढा तथा बालबालिको दक्षिणा, पास्नी, गुन्यूचोलीमा संकलन भएको र जीवन भर कमाएको रकम हिनामिना भएको छ,’ उनले भने ‘उनीहरूबाट कसरी आफ्नो पैसा असुल गर्ने भन्ने चिन्तामा सदस्यहरू परेका छन् ।
‘सहकारी सञ्चाालक समितिले रकम हिनाविना गरेर फरार भएपछि सूर्यविनायक नगरपालिकालगायतका सरकारी निकायमा उजुरी दिएका थियौ,’ उनले भने ‘त्यसपछि अहिले अध्यक्षलगायतका पदाधिकारी पुलिसको हिरासतमा छन् ।’
२०७६ फागुन २० गते सूर्यविनायक नगरपालिकामा १ महिनामा सहकारी सदस्यको सबै पैसा फिर्ता गर्ने गरी माइनुट भयो । सो अवधिमा बुझाउन नसकेपछि उनीहरूलाई कारवाहीका लागि फाइल नगरपालिकाले प्रहरी चौकीमा पठायो । त्यतिबेला प्रहरीले समातेपनि पैसा तिर्ने प्रतिवद्धताका साथ उनी छुटे । त्यसपछि सहकारी सदस्यले उनीहरूको मोबाइलमा फोन पैसा तिर्न भने पछि सबै सदस्यको पैसा तिर्ने आश्वासन दिए तर, सम्पर्कमा भने आएनन् ।
गत असार ११ गते उनीहरूले केही सदस्यहरू ५ देखि १० हजारका दरले करिब ३८ लाख रुपैयाँ फिर्ता गरेपनि अझै ८ करोडभन्दा बढी रकम उठन बाँकी रहेको छ । अर्को पटक साउन ११ गते बाँकी रकम फिर्ता गर्ने भनिएपनि उनीहरूले सो रकम तिरेका छैनन् ।
वर्तमान अध्यक्ष सन्तोष न्यौपाने सहकारी स्थापना हुँदा म्यानेजर पदमा नियुक्त भए । त्यसपघि उनले सचिव पदमा रहेर एक कार्यकाल काम गरेका थिए । त्यस अघि उनी सहकारीको म्यानेजर भएर काम गरेका थिए । अहिले न्यौपानेले कार्यभार सम्हालेको तीन महिनामै सहकारीको कारोबार बन्द भएको छ ।
उनी अध्यक्ष बन्नु अघि उनका काका नानीराम न्यौपानेले ११ वर्ष अध्यक्ष भएर सहकारी सञ्चालन गरेका थिए । काका भतिजको मिलिमतोमा सहकारी सदस्यको निक्षेप रकम हिनाविना भएको हो । काका भतिजले डेढ वर्षदेखि निक्षेप कर्ताको रकम र ब्याज समेत भुक्तानी गर्न सकिरहेका थिएनन् ।
अहिले सहकारीले उठाउनु पर्ने कर्जा जम्माजम्मी एक करोड रुपैयाँमात्रै छ । ऋणीसँग सरकारीको कर्जा असुल गर्न भन्न जाँदा उल्टै उनीहरूले मेरो पैसा खाएर भागेको समेत एक शेयर सदस्यदले बताए । खरेलका अनुसार २०७५ सालसम्म सहकारी राम्रो अवस्थामै थियो । यसबीचमा छलफल पनि भयो र तिर्ने आश्वासन पनि दिए तर पैसा तिरेनन् ।
प्रतिक्रिया दिनुहोस