aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सिद्धार्थ बैंकले फेरि सरकारलाई २ करोड ६७ लाख सहयोग गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ साउन २०७७
सिद्धार्थ बैंकले फेरि सरकारलाई २ करोड ६७ लाख सहयोग गर्यो

काठमाडौं ।  कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सिद्धार्थ बैंकले नेपाल सरकारलाई २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ सहयोग गरेको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहकाबीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

 बैंकले प्रदेश सरकार तथा विभिन्न स्थानीय तहलाई गरी ७६ लाख २४ हजार ६ सय २० रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । यसरी कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म कुल ३ करोड ४३ लाख ५२ हजार ५ सय ४९ रुपैयाँ सहयोग प्रदान गरेका छ । यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस