
काठमाडौं । सहकारी संस्थानहरुमा समस्या देखिन थालेपछि अनुगमनका लागि सहकारी विभागले नेपाल राष्ट्र बैंकसँग सहयोग लिने भएको छ । सहकारीहरुमा धमाधम समस्या देखिन थालेपछि विभागले राष्ट्र बैंकको सहयोग लिएर अनुगमनलाई तिब्रता दिन लागेको हो ।
'राष्ट्र बैंकका डेपुटी गर्भनरसँग अनौपचारिक कुराकानी भइसकेको छ' नेपाल सहकारी पत्रकार समाजले गरेको छलफलमा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले भने, 'अब औपचारिकरुपमा पत्र लेखेर राष्ट्र बैंकबाट अनुगमनका लागि सहयोग लिन्छौं ।'
राष्ट्र बैंक र विभागको जनशक्ति परिचालन गरी सहकारी अनुगमनलाई प्रभावकारी बनाईने उनले बताए । कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस