aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

प्राइम कमर्सियल बैंकको नाफासँगै वितरण योग्य मुनाफा पनि बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
प्राइम कमर्सियल बैंकको नाफासँगै वितरण योग्य मुनाफा पनि बढ्यो

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नाफासँगै वितरण योग्य मुनाफा पनि बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो।

बैंकले शुक्रबार प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष १ अर्ब ६० करोड ७ लाख रुपैयाँ रहेको यस्तो मुनाफा गत आर्थिक वर्षको अन्त्यमा बढेर १ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

सो अवधिसम्ममा बैंकले ४ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब २७ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब १५ करोड ४ लाख रुपैयाँ र सञ्चालन मुनाफा १२ करोड ७ लाख १८ हजार रुपैयाँ बढेको हो।

बैंकले चौथो त्रैमाससम्ममा २ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आवको असार मसान्तसम्म कमाएको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९ करोड ४० लाख १० हजार रुपैयाँ बढी हो। अघिल्लो आवको यसै अवधिसम्ममा बैंकले २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

१३ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ, शेयरधनी कोषमा १ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ र शेयर प्रिमियम ६ लाख ४४ हजार रुपैयाँ रहेको छ। 

प्रतिक्रिया दिनुहोस