aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १८.५१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीमा पनि कमी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १८.५१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीमा पनि कमी

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा साढे १८.५१ प्रतिशत खुद नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ९८ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा गत वर्ष १८.५१ प्रतिशत घटेको हो । 

यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । खुद ब्याज आम्दानी ०.०१५ ले बढ्दा सञ्चालन नाफा भने १८.२९५ ले घटेको छ । 

चार्टर्डले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः ३०.०२५ र १.५०५ ले बढाउन सफल भएको छ । असारसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने ५ अर्ब ६ करोड रुपैयाँ जम्मा भएको छ । चौथो त्रैमाससम्म आइपुग्दा चार्टर्डको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३९ पैसाले घटेर २४ रुपैयाँ ७६ पैसामा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ५० पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस