aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सानिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
सानिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड

काठमाडौं । सानिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो देखिएको हो । 

बैंकले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो वर्षको तुलनामा २४.५३ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको यस्तो नाफा २ अर्ब २५ करोड रुपैयाँ थियो। गत आर्थिक वर्ष बैंकको नाफा ५५ करोड रुपैयाँले घटेको हो। 

कारोनाको प्रभावका कारण बैंकको व्यवसाय विस्तारमा असर पर्दा उसको खुद नाफा घटेको हो। केन्द्रिय बैंकले दिएको निर्देशनले बैंकको ब्याज आम्दानी घटेको छ भने खराब कर्जा पनि बढ्दै गएको छ।

गत आर्थिक वर्षको चौथो त्रेमाससम्ममा बैंकले ४ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको यस्तो आम्दानी ४ अर्ब २० करोड रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन नाफा भने निकै घटेको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले गत वर्ष २ अर्ब ४१ करोड रुपैयाँ मात्रै सञ्चालन नाफा गरेको छ। बैंकको इम्पेरिमेन्ट चार्ज बढेका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो। समीक्षा अवधीमा बैंकको इम्पेरिमेन्ट चार्ज २१ करोड ८२ लाख रुपैयाँबाट बढेर ८८ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

बैंकको कर्मचारी खर्च केहि घटेको छ भने अन्य सञ्चालन खर्च ५१ करोडबाट बढेर ५७ करोड रुपैयाँ पुगेको छ।  बैंकको खराब कर्जा पनि बढेको छ। यस अवधिमा बैंकको खराब कर्जा ०.०८ प्रतिशतबाट बढेर ०.४८ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८९ अर्ब ३७ करोड रुपैयाँबाट बढेर १ खर्ब ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ८१ अर्ब ४१ करोड रुपैयाँबाट बढेर ९० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।  

प्रतिक्रिया दिनुहोस