aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

बढ्यो एनआईसी बैंकको खुद नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
बढ्यो एनआईसी बैंकको खुद नाफा

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.२५ प्रतिशत बढी हो। अघिल्लो वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद नाफा बढेपनि बैंकको वितरण योग्य मुनाफा भने घटेको छ। यस अवधिमा बैंकले १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३३।०७ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब १५ करोड रूपैयाँ वितरण योग्य नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी बढेसँगै गैर सञ्चालन खर्च घटेका कारण खुद नाफामा सामान्य सुधार देखिएको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ९।२६ बढेर ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ अर्ब ९६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको सञ्चालन मुनाफा भने १।०२ घटेर ४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ५१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी बढेपनि कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेका कारण सञ्चालन मुनाफा घट्न दबाब पुगेको हो।

असार मसान्तसम्म बैंकले २ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

हाल ९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो कोषमा ३ अर्ब ९८ करोड रुपैयाँ थियो। समीक्षा अवधिमा बैंकको रिटेन्ड अर्निङ्ग २ अर्ब ११ करोडबाट घटेर १ अर्ब ६९ करोडमा झरको छ।

प्रतिक्रिया दिनुहोस